Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पर्याप्त खेलमैदान नहुँदा वाग्लुङका खेलाडी दैनिक प्रशिक्षण लिनबाट बञ्चित


ग्लोबल पाना
बुधबार, भदौ २० २०८०
  • 347
    SHARES

  • images
    पर्याप्त खेलमैदान नहुँदा वाग्लुङका खेलाडी दैनिक प्रशिक्षण लिनबाट बञ्चित

    बागलुङ । भौगोलिक विकटता र पर्याप्त खेलमैदान नहुँदा यहाँका खेलाडीले दैनिक प्रशिक्षण लिनबाट बञ्चित भइरहेका छन् । भलिबल, तेक्वान्दो, कराते, फुटबल लगायतका खेलकुद जिल्लामा खेलिने गर्छ । असारदेखि जिल्लाको ग्रामीण क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएका छन् । कारण हो खेलमैदान अभाव । दैनिक खेल्ने खेलाडीहरु यो समय घर तथा बारीको कामधन्दामा व्यस्त हुन्छन् ।

    images
    images
    images

    सधैँ खेलेर क्षमता अभिवृद्धि गर्नुपर्ने खेलाडी खेल्ने स्थानको अभावका कारण पछाडि पर्नु परेको छ । बर्खा सकिएपछि जिल्लाका धेरै ठाउँमा धमाधम खेलकुद प्रतियोगिताहरु हुने गर्छन् । बागलुङका अधिकांश ठाउँमा उपयुक्त खेलमैदान छैन । केही ठाउँमा भए पनि निकै साँघुरा र अप्ठ्यारा छन् । त्यस्ता खेलमैदानले दुर्घटना जोखिम बढाएका छन् ।

    बालबालिका र युवाहरुको खेलाडी बन्ने चाहना हुँदा हुँदै पनि उपयुक्त खेलमैदान नहुँदा पछाडि पर्नु परेको धेरैको गुनासो छ । हाल जिल्लामा दर्जनौँ स्थानमा तेक्वान्दो तथा कराते खेल खेलिँदै आएको छ ।

    अधिकांश ठाउँका खेल प्रशिक्षकहरुले विद्यालयका प्राङ्गणमा प्रशिक्षण दिँदै आएका छन् । केही स्थानमा मात्रै कभर्ड हल तथा खेलमैदानमा खेल प्रशिक्षण हुने गर्छ । कराते र तेक्वान्दोबाहेक अन्य खेलको प्रशिक्षकसमेत हुँदैनन् । निसीखोला गाउँपालिका-४ मा तेक्वान्दो प्रशिक्षण दिँदै आउनुभएका सुरजन बुढा मगरले खेल्ने ठाउँ अभावका कारण जोखिमपूणर् मैदानमा खेलाडीलाई प्रशिक्षण दिनु परेको गुनासो गर्नुभयो ।

    उहाँले विद्यालयमा सधैँ खेल प्रशिक्षण गर्न समस्या हुने भन्दै त्यहाँ पनि उपयुक्त खेलमैदान नभएको बताउनुभयो । विद्यालयहरुको मेलमैदानमा छरिएका ढुङ्गा तथा कङ्क्रिटले खेल्दा खेलाडीहरुलाई चोटपटक लाग्ने र घाइते हुने गरेको उहाँको भनाइ छ । खेलमैदानको अभावमा खेलाडीले खुल्ला रुपमा क्षमता प्रदर्शन गर्न नसकक्ने प्रशिक्षक उहाँ बताउनुहुन्छ ।

    प्रशिक्षक बुढा मगर भन्नुहुन्छ, “गाउँमा साँघुरो ठाउँ हुन्छ, सिकाउनका लागि पर्याप्त ठाउँ चाहिन्छ, तर पनि खेलाडीको चाहना धेरै भएको हुँदा साँघुरै ठाउँमा पनि खेलाउनुपर्ने बाध्यता छ, तेक्वान्दो खेल खेलाडीसँगै खेलेर सिकाउनुपर्ने हुन्छ, यो खेलप्रति पछिल्लो समय धेरैको आकर्षण बढेको छ, भूगोल पनि यस्तै छ, खेलमैदानका लागि ठाउँ त छ तर, मैदान बनाउन सक्ने अवस्था हाम्रो हुँदैन, सरकारले गराइदिए, धेरै खेलाडी उत्पादन हुने थिए ।”

    खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनु परेको छ । त कति विदेसिनु परेको छ । गाउँका खेत तथा साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेल खेलिरहेका छन् । उनीहरुले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् भने राष्ट्रकै शान बनेका छन् ।

    क्रिकेटर करण केसी, भलिबल खेलाडी रवि केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार, सोफया पुनलगायत दर्जनौँ खेलाडीले राष्ट्रिय स्तरमा चर्चित छन् । अहिले पनि उनीहरु कै पछि-पछि सयौँ बालबालिका तथा युवाहरु भलिबल र फुटबल खेल्दै आएका छन् । खेलमैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लो स्तरको खेल कसरी खेल्न सकिन्छ भन्नेमा अन्यौल छन् ।

    जिल्ला सदरमुकाम बागलुङ बजारमा समेत एउटा व्यवस्थित खेलमैदान छैन । एउटा भएको बाङ्गेचौर खेलमैदान पनि अव्यवस्थित छ । यसलाई रङ्गशालाका रुपमा व्यवस्थित गर्नका लागि योजना परे पनि अहिलेसम्म काम भएको छैन । बागलुङ जिल्ला भलिबल खेलका लागि प्रख्यात भए पनि गतिलो खेलमैदान नहुँदा धेरै बालबालिका तथा युवाहरु खेल्नबाट वञ्चित भएको भलिबल खेलाडी रेशम थापा बताउनुहुन्छ ।

    “बागलुङबाट धेरै दाइदिदीहरुले अहिले राष्ट्रियकै नेतृत्व गरेर खेल खेल्दै आउनुभएको छ, भलिबलका लागि उर्वर बागलुङमा अहिलेसम्म गतिलो खेलमैदान छैन, भलिबल मात्रै होइन, अन्य खेलका लागि पनि खेल्ने ठाउँ छैन,” उहाँले भन्नुभयो, “सरकारले खेल क्षेत्रलाई उपेक्षामा पारेको छ, ठाउँ-ठाउँमा खेलमैदान हुन्थ्यो भने धेरै भाइबहिनाहरुले आफ्नो भविष्य खेलेरै बनाउन सक्थे, न खेलमैदान छ, न खेल प्रशिक्षक छन् कसरी राम्रो खेलाडी उत्पादन हुन्छन् रु”

    जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगेश भण्डारीले जिल्लामा हजारौँ युवा तथा बालबालिकाको भलिबलतर्फ आकर्षण रहेको बताउनुभयो । ठूलो जमातको खेलप्रति आकर्षण हुँदा खेलमैदान र खेलकुद सामग्रीको व्यवस्थापन कसैले गर्न नसकेको उहाँको गुनासो छ ।

    अहिलेको अवस्थामा जिल्लाका हरेक वडामा खेलमैदान, कर्भड हल हुनु भए पनि सरकारले त्यसको व्यवस्थापन गर्न नसकेको गुनासो गर्नुभयो । “हामीहरुले सरोकारवाला निकायमा धेरै पटक, खेलमैदान, खेलकुद सामग्री, प्रशिक्षक लगायतका विषयको माग गर्दै आएका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन, धेरै भाइबहिनीहरु खेल क्षेत्रमा लाग्न चाहनुहुन्छ तर अवस्था निकै नाजुक छ,” अध्यक्ष भण्डारीले भन्नुभयो, “राज्यले तल्लो स्तरदेखि नै खेल क्षेत्रको जग बसाल्नु पर्छ, ठूलो ठूलो प्रतियोगितामा जितको अपेक्षा गररे मात्रै हुँदैन, हाम्रो ‘बेस’नै राम्रो छैन ।” रासस

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ