Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कोशी सरकारको मुद्दामा आज पनि सर्वोच्चमा पूर्ण इजालासमा सुनवाइ हुँदै


ग्लोबल पाना
बिहीबार , भदौ २१ २०८०
  • 227
    SHARES

  • images
    कोशी सरकारको मुद्दामा आज पनि सर्वोच्चमा पूर्ण इजालासमा सुनवाइ हुँदै

    काठमाडौं। कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज पनि सर्वोच्च अदालतमा पूर्ण इजालासमा सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा गत मंगलबारदेखि सुरू भएको सुनवाइ आज पनि सर्वोच्च अदालतको पूणर् इजालसमा सुनवाइ हुन लागेको हो। न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरिरहेका छन्।

    images
    images
    images

    आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूणर् इजलासमा पठाउने निणर्य गरे अनुसार सोमवारबाट पूणर् इजालसमा सुनवाइ हुने भने पनि सो दिन हेर्दा हेर्दैमा राखिएको थियो। जसअनुसार कम्तीमा तीन न्यायाधीश रहने पूणर् इजलासमा उक्त रिटमाथि मंगलबारबाट सुनुवाइ सुरू भएको छ।

    मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैरसंबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो।

    उक्त रिटमाथि गत शुक्रबार नै पूणर् सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनवाइ रोकिँदै आएको थियो।

    प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन्।

    रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निणर्य नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूणर् निणर्य गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।

    कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ