Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पाकिस्तानसँग बंगलादेशलाई सात विकेटले पराजित


ग्लोबल पाना
बिहीबार , भदौ २१ २०८०
  • 300
    SHARES

  • images
    पाकिस्तानसँग बंगलादेशलाई सात विकेटले पराजित

    काठमाडौं। पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो। पाकिस्तानको लाहोरमा बुधबार रातिसम्म भएको​ खेलमा​ घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।​

    images
    images
    images

    बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो। पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए।

    उता, बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १-१ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाएर अलआउट हुन पुगेको थियो। बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाउन सफल भएका थिए।

    सो क्रममा पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिदै बंगलादेश माथी हावी हुन पुगेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ