Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश हुने


ग्लोबल पाना
बिहीबार , भदौ २१ २०८०
  • 260
    SHARES

  • images
    लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश हुने

    दाङ। करिब एक महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो। करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो।

    images
    images
    images

    प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ। आज बस्ने बैठकको कार्यसूचिमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने रहेको छ।

    यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। समितिले उपसमिति गठन गरेर साय सुझाव समेत संकलन गरेको थियो। सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो।

    सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछि बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए। आजको बैठकमा विधेयकको बारेमा बनेको प्रतिवेदन मात्रै पेश हुनेछ।

    विधेयक पास गर्नकोलागी अर्को बैठक कुर्नुपर्ने देखिएको छ। यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धि जानकारी दिने, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउने र शून्य समयमा सांसदहरुले बोल्ने कार्यक्रम रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ