Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बिश्वबिध्यालयको तालाबन्दी खोल्न सांसद बिद्या भट्टराईद्वारा संसदमार्फत सरकारको ध्यानाकर्षण


ग्लोबल पाना
बिहीबार , भदौ २१ २०८०
  • 298
    SHARES

  • images
    बिश्वबिध्यालयको तालाबन्दी खोल्न सांसद बिद्या भट्टराईद्वारा संसदमार्फत  सरकारको ध्यानाकर्षण

    काठमाडौ । कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले बिश्वबिध्यालयहरूमा भेको तालाबन्दी खोल्न संघिय संसदको ध्यानाकर्षण गराउनु भएको छ।

    images
    images
    images

    भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वबिद्यालय र सुदुर पश्चिम विश्वबिद्यालयमा भएको तालाबन्दी संस्कृतिले आम बिद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो बिषयमा कत्ती पनि जिम्मेवार नदेखिएको उल्लेख गर्नुभयो।

    उहाँले लोकतन्त्रको पूर्ब शर्तको रूपमा रहेको शिक्षा र त्यसमार्फत निर्माण हुने बिबेकशिल मानव लोकतन्त्रको मानक भएको भन्दै सो कुरामा स्वयम् प्रधानमन्त्री र सरोकारवाला शिक्षा मन्त्रालय गम्भीर र जिम्मेवार नदेखिनु गम्भिर चिन्ताको बिषय भएको बताउनु भयो।

    ब्यबस्थापनको जिम्मेवारीमा रहने कुलपति, उपकुलपति र सह कुलपतिहरूको बिचमा कार्य समन्वय अभावमा विश्वबिद्यालय जस्तो प्राज्ञिक क्षेत्र राजनितीक आन्दोलनको केन्द्र बनाइनु दु:खद भएको भट्टराईले उल्लेख गर्नुभएको छ।

    सांसद भट्टराईले बिद्यार्थिहरूका जायज माग पूरा गरि तत्काल पठन पाठनको बाताबरण बनाउन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउदछु उल्लेख गर्नु भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ