Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपालीकाे समस्या समाधानको लागि जापानमा हटलाइन सेवा सुरु : अध्यक्ष निउरे


ग्लोबल पाना
बिहीबार , भदौ २१ २०८०
  • 392
    SHARES

  • images
    नेपालीकाे समस्या समाधानको लागि जापानमा हटलाइन सेवा सुरु : अध्यक्ष निउरे

    काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले हटलाइन सेवा सुरु गरेको छ। जापानमा रहेका नेपालीहरुलाई समस्या परेको खण्डमा जानकारी लिइ समस्या समाधान गर्ने उद्धेश्यले हटलाइन सेवा सुरु गरेको एनआरएनए जापानले जनाएको छ।

    images
    images
    images

    जापानमा १ लाख ४० हजार भन्दा बढी नेपाली छन। +८१०८०६३५२८२८६ नम्बरको हटलाइन सेवा शुरु गरिएको अध्यक्ष नबिन निउरेले जानकारी दिए। जापानमा रहेका विद्यार्थी, कामदार जसलाई जे समस्या परेको छ, त्यो थाहा पाउन र नेपाली दूतावासलगायतका सम्बन्धित संघ संस्थासँग मिलेर समस्या समाधानमा पहल गरिने अध्यक्ष निउरेले बताए। जापानमा विद्यार्थी भिसामा गएकाहरुको धेरै समस्या छ।

    एनआरएनए जापानलाई जापानबासी नेपालीको नजिकको सहयोगी निकायको रूपमा अनुभूति गर्न सकून् भन्ने मान्यतालाई आत्मसात् गर्दै एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सार्वजनिक गरिएको बताउदै महासचिव टिकाराम खरेलले अत्यावश्यक समस्या र जानकारीको लागि मात्र यो सेवा उपयोग गरिदिनको लागि अनुरोध गरेका छन ।

    ‘एनआरएनएलाई सबै नेपालीले ‘हाम्रो र राम्रो’ भन्ने महशुस गर्न सकून् भन्ने उद्देश्य हाम्रो रहेको छ ।’ महासचिव खरेलले भने-आफ्नो देश छाडेर विदेशी भूमिमा रगत पसिना बगाइरहेकाहरुलाई सानो भन्दा सानो अप्ठ्यारोमा पनि सहयोग गर्न सकियो भने उनीहरूलाई परिवारकै साथमा रहेको जस्तो अनुभूति गराउन यो सेवा प्रभावकारी हुने छ ।

     

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ