Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने बागमती नगरपालिकाको अभियान


ग्लोबल पाना
शुक्रबार, भदौ २२ २०८०
  • 375
    SHARES

  • images
    पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने बागमती नगरपालिकाको अभियान

    सर्लाही। सर्लाहीको बागमती नगरपालिकाले मधेस प्रदेशमै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको छ। प्रदेशमा रहेका एक सय ३६ स्थानीय तहमध्ये बागमती नगरपालिकाले पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको हो।

    images
    images
    images

    नगरपालिकाले आगामि दुई वर्षभित्र नगरभित्रका सबै नागरिकलाई शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारीक सिकाइ केन्द्रले निर्धारण गरेको साक्षरका १२ सूचकलाई आधार मानी साक्षर स्थानीय तह घोषणाका लागि अभियान थालेको नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए। उनका अनुसार नेपालको जनगणना २०७८ अनुसार नगरपालिकामा कूल ४५ हजार चार सय ५९ जनसङ्ख्या रहेकामा ६८ प्रतिशत निरक्षर छन् ।

    सरकारले दुई वर्ष पहिला नै देशलाई ‘साक्षर देश’ घोषणा गर्ने उद्घोष गरे पनि सो पूरा हुन नसकिरहेको अवस्थामा आगामी दुई वर्षभित्र नगरलाई साक्षर घोषणा गर्न नगरका १२ वटै वडामा निरक्षरको तथ्याङ्क सङ्कलनको काम सुरु गरिएको नगर उपप्रमुख लिलाकुमारी मोक्तानले जानकारी दिए।

    उनका अनुसार नेपालको जनगणना २०७८ अनुसार नगरपालिकामा १४ हजार जनसङ्ख्या निरक्षर देखिएका छन् । यो तथ्यांक १५ वर्षदेखि ६० वर्षसम्मको उमेर समूहको रहेको उपप्रमुख मोक्तानले बताए। पहिलो चरणमा प्रति वडा पाँच सयका दरले अनौपचारिक शिक्षा कार्यक्रममा सहभागी गराउने र दोस्रो चरणमा बाँकी रहेका निरक्षर नागरिकलाई सहभागी गराउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले जानकारी दिए।

    केन्द्रले राष्ट्र भाषा वा मातृभाषाका वणर्/अक्षर पढ्न र लेख्न, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न, आफ्नो र परिवारका सदस्यको नाम, उमेर सम्बन्धी पढ्न, मोबाइल र क्यालकुलेटरका अङ्क तथा अक्षर चिनेर प्रयोग गर्न, शून्यदेखि नौसम्मका अंक अक्षरमा लेख्न, एकदेखि सयसम्म गणना, लेनदेनका हिसाब राख्न, सरल चित्र पोस्टर साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरि तिथिमिति बताउन र बैंक भौचर भर्न र चेकको प्रयोग गर्नसक्ने गरी १२ सूचक उल्लेख गरेको बृहत् राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले जानकारी दिए। उनका अनुसार केन्द्रले निर्धारण गरेका सूचकमध्ये कुनै छ सूचकमा पर्ने नागरिकलाई साक्षर घोषणा गर्न सकिने छ ।

    यस अभियानको पहिलो चरणको कार्यक्रममा करिब छ हजार निरक्षर नागरिक सहभागी हुने नगरपालिकाले जनाएको छ। करिब तीन महिना सञ्चालन हुने उक्त अभियानको पहिलो चरणमा छुटेका नागरिकलाई दोस्रो चरणको अभियानमा सहभागी गराइने नगर शिक्षा शाखाका संयोजक मीनप्रसाद उपाध्यायले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ