नुवाकोट । नुवाकोट जिल्लाकाे विभिन्न स्थानमा यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टद्वारा विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीको पहलमा नुवाकोट जिल्ला दुप्चेस्वर गाउपालिकाको गाँउ गाँउमा स्वास्थ सामाग्रीहरु वितरण गरिएको हो । पालिकाका सबै वडाहरुमा स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ । दुप्चेस्वरका सबै वडामा Oxygen Concentretor-7, Pulse Oxmeter-5, Nevi Oninment-1500pc, Tab Paracetamol-4000, Tab Iron-2100, Wheel Chair-1 जस्ता स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।
ट्रष्टले यस अघिपनि विदुर नगरपालिकाको तुप्चेमा, बेलकोटगढीको जिलिङ गाउँ, कुमरी गाउँ लगाएतका विभिन्न गाँउमा पुगेर विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिसकेको छ । ट्रष्टका अध्यक्ष डा. केसीले आफै गाउँ गाँउमा पुगेर विभिन्न स्थानमा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्दै आइरहनु भएको छ ।
जनताको सुविधा र निम्न वर्गका मानिसहरु जो आफै हस्पिटल जान सक्दैन उनीहरुको लागि भगवानको रुपमा परिचित डा. केसी गाँउ गाँउका पुगि दुखि गरिवहरुको लागि हरपल सेवा गर्दै आउनु भएको पाइन्छ । उहाँले यस अगि पनि थुप्रै पटक स्वास्थ्य सामाग्री हरु गाउँ गाउँमा गएर वितरण गर्नु भएका कयौं उदाहरणहरु छन्।
डा. केसीले जनताको सुविधाका लागि हरपल अहोरात्र स्वास्थ्य सामग्रीहरू सहित गाँउ गाँउमा पुगि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दै जनतालाई सेवा सुविधा दिदै आउनु भएको छ । ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


