Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कोशी प्रदेशमा कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी


ग्लोबल पाना
शुक्रबार, भदौ २२ २०८०
  • 250
    SHARES

  • images
    कोशी प्रदेशमा कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी

    काठमाडौं। कोशी प्रदेशमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिन लागेका छन् ।सर्वोच्च अदालतले बिहिबार दिएको परमादेश अनुसार ठूलो दलको हैसियतमा कार्कीले शपथ लिन लागेका हुन्।

    images
    images
    images

    आजै शुक्रबार साझसम्म शपथ दिलाउने तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गरी आन्तरिक गृहकार्य सुरु गरेका छन् ।

    कोशीका मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई सर्वोच्च अदालतले बिहिबार पदमुक्त गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र कोशीको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेपछि थापा पदमुक्त भएका हुन् ।

    दुईपटक मुख्यमन्त्री बनेका थापा दुवै पटक अदालतबाट पदमुक्त भएका हुन्। पहिलोपटक २२ दिनमा सर्वोच्चबाट पदमुक्त बनेका कोशीका मुख्यमन्त्री  थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका हुन्।

    कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, मा‍ओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन्।

    प्रमुख प्रतिपक्षीतर्फको नेतृत्वमा भने एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्। ९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

    १ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    तर, नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

    उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

    सर्वोच्चले साउन १७ गतेभित्र नयाँ सरकार गठन गर्न दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आदेश जारी गरेपछि थापा सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए।

    बिहिबार सर्वोच्चकोआदेशपछि सत्ता गठबन्धनको तर्फबाट दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापा पदमुक्त भएपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिन लागेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ