Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री डा.महत


ग्लोबल पाना
शुक्रबार, भदौ २२ २०८०
  • 279
    SHARES

  • images
    बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री डा.महत

    बस्तीपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

    images
    images
    images

    प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’

    प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाहा थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’ अहिले उहाँ हुनुहुन्न, तर उहाँको महत्व अझ बढेको मन्त्री डा. महतले बताउनुभयो ।

    ‘दुरगामी कालमा जे जसको जे महत्व छ, त्यो महत्वलाई समाजले पूर्णरुपमा आत्मसात नगरेको हुनसक्छ । तर, भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्वका बारेमा मानिसहरुले मन्थन गर्न थाल्छन्’ मन्त्री डा. महतले भन्नुभयो । ‘प्रदीप गिरीको जीवनकालमा आम जनताले जाने बुझे आत्मसात हामी सबैले गर्न सक्यौ, त्योभन्दा बढी उहाँको अभाव हामीले महसुस गर्ने छौं ।

    उहाँको विचारलाई आत्मसाथ गर्नेछौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘उहाँले पछाडि परेको वर्ग, क्षेत्र, महिला, दलित, मधेश र आदिवासी जनजातिलाई राजनीतिको मूल धारमा ल्याउनुपर्छ भन्ने अभियान उहाँले सुरु गर्नुभएको हो । त्यो अभियान सबै राजनीतिक दलमा फैलियो ।

    जसको परिणाम हामीले सबै वर्ग र समूहको प्रतिनिधित्व हुने संविधान निर्माण गरेका हौं, त्यसलाई कार्यान्वयन गर्ने तहमा हामी छौं ।’ ‘मूल लक्ष्य पछाडि परेको समूह, क्षेत्रलगायत सबैको पहुँचमा देशको साधन श्रोत पुर्याउने र सबैको जीवनस्तर माथि उठाउने हाम्रो लक्ष्य हो । हाम्रो साधनश्रोतले भ्याएसम्म शिक्षा, सडक यातायात, सिँचाइ, विजुली पुर्याउने हाम्रो लक्ष्य छ ।

    यद्यपि यो वर्ष बजेटको न्यूनताले गर्दा हामीले आवश्यकताअनुसार पुर्याउन सकेका छैनौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको छ । आउँदो दिनमा जनताका आवश्यकतामा थप लगानी गर्ने अवस्थामा हामी पुग्ने छौं । बाटो, अस्पतालको आवश्यकताको कुरा यहाँ उठ्यो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।

    हाम्रो साधन श्रोतले भ्याएसम्म ती आवश्यकता पुरा गर्ने म प्रतिबद्धता व्यक्त गर्दछु ।’ हाम्रो आवश्यकता ठूलो छ, साधन श्रोत थोरै छ । यो बीचमा हामीले काम गरेको हुनाले यो अवस्था आएको हो । सधैं यस्तो अवस्था रहँदैन । जनताको आवश्यकता पूर्तितर्फ हामी निरन्तर लागिरहन्छौं ।

    महिला दिदीबहिनीमा शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने हाम्रो महत्वपूर्ण लक्ष्य छ । सडक विस्तार गरेर गाउँको उत्पादन सहरसम्म पुगोस् भन्ने हाम्रा लक्ष्य भएको मन्त्री डा. महतले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ