Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली राजदुतावास Washington DC को अस्थाई कन्सुलर सेवा शिविर कार्यक्रम भव्यताको साथ सम्पन्न


ग्लोबल पाना
शनिबार, भदौ २३ २०८०
  • 842
    SHARES

  • images
    नेपाली राजदुतावास Washington DC को अस्थाई कन्सुलर सेवा शिविर कार्यक्रम भव्यताको साथ सम्पन्न

    अमेरिका । नेपाली राजदुतावास Washington DC को अस्थाई कन्सुलर सेवा शिविर कार्यक्रम कोलोराडो स्टेटको डेनभरमा भव्यताको साथ सम्पन्न भएको छ । नेपालीहरुको सेवा सुविधाको लागि सन्चालन भएको ४ दिने शिविर सेप्टेम्बर २ बाट ५ सम्म चलेको थियो । 

    images
    images
    images

     
    कार्यक्रमलाई सम्पन्न गर्न नेपाली राजदुतावासका राजदुत श्रीधर खत्री, NRNA NCC अमेरिका अध्यक्ष डा.अर्जुन बन्जाडे, NRNA NCC USA, अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के० सी० (खत्री )   NRNA NCC USA,  वोर्ड सदस्य निमा शेर्पा, NRNA कोलोराडो च्यापटरका निबार्तमान अध्यक्ष रामचन्द्र पन्त, NRNA  कोलोराडो च्यापटरका अध्यक्ष प्रकास पौडेल लगाएतका सम्पुर्ण पदाधिकारी,  समाजसेवी, नेपाली राजदुतावास का सम्पुर्ण कर्मचारीहरु र सम्पुर्ण स्वयम-सेवकहरुले सहयोग गर्नु भएको छ । 

    received_723198616309518.jpeg

     
    अमेरिका रातदुतावासवाट सम्पूर्ण सेवाग्राहीले पाउने सेवा सुविधा शिविरवाट नै सम्पन्न भएको थियो । कार्यक्रममा सबै नेपालीहरु सहभागी भई सेवा सुविधाको उपयोग गर्न पाउनुका साथै शिविरले सबै सेवाग्राही नेपालीहरुलाई सहजता बनाइदिएको थियो ।  ४७८ जना सेवाग्राही नेपालीहरुको पासपोर्ट नविकरण गरिएको थियो । शिविरवाट नै सम्पूर्ण सेवा सुविधाको उपयोग लिन पाउदा सम्पूर्ण नेपालीहरु अत्यन्तै खुसि हुनुका साथै आयोजक टिमलाई धन्यवाद पनि दिनु भएको थियो ।

    received_1257462848266428.jpeg
     
     
    कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नु भएकोमा अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष केसीले नेपाली राजदुतावासका राजदुत श्रीधर खत्री, NRNA NCC अमेरिका अध्यक्ष डा.अर्जुन बन्जाडे, NRNA NCC USA वोर्ड सदस्य निमा शेर्पा, NRNA कोलोराडो च्यापटरका निबार्तमान अध्यक्ष रामचन्द्र पन्त,NRNA कोलोराडो च्यापटरका अध्यक्ष प्रकास पौडेल, पदाधिकारीहरु, समाजसेवी नारायण श्रेष्ठ लगायत नेपाली राजदुतावास का सम्पुर्ण कर्मचारीहरु र सम्पुर्ण स्वयम-सेवकहरुमा हार्दीकताका साथ विशेष धन्यवाद दिनु भएको छ । साथै कार्यक्रममा सहभागी भई सेवा सुविधाको उपयोग लिनुहुने सेवाग्राही सवै नेपालीहरुले कार्यक्रम सफल गरी दिनु भएकोमा केसीले हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ