Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम


ग्लोबल पाना
आइतबार, भदौ २४ २०८०
  • 198
    SHARES

  • images
    आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम

    काठमाडौं। नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन। मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्।

    images
    images
    images

    आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ। नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

    मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, संघसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताउँछन्।

    आत्महत्याका घटना बढेपछि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उनको भनाइ छ। नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छन्। पछिल्लो १० वर्षको तथ्यांकअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन्।

    यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो। नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायत आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताउँछन्।

    आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उनको सुझाव छ। गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए। विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/८० मा सो सङ्ख्या बढेर सात हजार पुग्नु चुनौतीपूणर् अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन्।

    अझ कोभिड-१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो। त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उनीहरूको जोड छ।

    मनोविद् डा ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउँछन्। परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ