Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चिनियाँ राजदूतको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित : डा. कोइराला


ग्लोबल पाना
आइतबार, भदौ २४ २०८०
  • 563
    SHARES

  • images
    चिनियाँ राजदूतको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित : डा. कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत चेङ्ग सोङले केही दिन अगाडि दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको बताएका छन्।

    images
    images
    images

    नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताए। कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताए।

    उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएको बताउदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामथ्र्य आफूले मात्र राख्ने बताए। उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए।

    उनले आफू वर्षात् सकिए लगतै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए। डा. कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकलप नभएको स्पष्ट पारे। उनले सरकारले कृषिमा वजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ