Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वर्षाले स्थगित भारत र पाकिस्तानबीचको खेल आज


ग्लोबल पाना
सोमबार, भदौ २५ २०८०
  • 272
    SHARES

  • images
    वर्षाले स्थगित भारत र पाकिस्तानबीचको खेल आज

    काठमाडौं। वर्षाका कारण आइतबार स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ। आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ।

    images
    images
    images

    कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो।

    आज भारतले खेल यहीबाट शुरु गर्नेछ। भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो। त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ।

    आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक-एक अंक बाँड्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ