Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को नयाँ कार्यसमिति गठन


ग्लोबल पाना
सोमबार, भदौ २५ २०८०
  • 279
    SHARES

  • images
    नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को नयाँ कार्यसमिति गठन

    काठमाडौं। नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ ।

    images
    images
    images

    नवगठित कार्यसमितिमा कोषाध्यक्ष रुपा बस्नेत, डा अनोज क्षेत्री ९निवर्तमान अध्यक्ष० सदस्य, डा रोजी जोशी, डा जानुका न्यौपाने, डा नरेन्द्रसिं ठगुन्ना, श्रीराम केसी, विजया खनाल, श्रीजना देव, रामहरी अधिकारी र गिरी पन्थी चयन भएका छन्।

    साधारणसभाले विकास प्रकृयामा समावेशीकरण, सामाजिक न्याय, जवाफदेहिता अभिवृद्धि, नागरिक आवाजमार्फत शासकीय प्रक्रियामा सुधार गर्ने उद्देश्यसहित सन् २०२३ देखि २०२७ सम्मको रणनीति पारित गरेको छ ।

    साधारणसभाका क्रममा आयोजना गरिएको शिक्षा क्षेत्रको रुपान्तरणका विषयमा नीतिगत बहसमा डा विष्णुराज उप्रेती, सह-प्रध्यापक डा प्रकाशचन्द्र भट्टराई, डा मीनाक्षी दाहाललगायतले आ-आफ्नो धारणा राखेका थिए।

    सो अवसरमा प्रसिद्ध कणेल स्मृति विकास लेखन पुरस्कार डा अरुणा उप्रेतीलाई र भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार लक्ष्मी कुँवरलाई प्रदान गरियो । ‘सहभागिता’ विकास पत्रिकाको ५७औँ अङ्क र ‘पार्टिसिपेसन’ अङ्ग्रेजी जर्नलको २३औँ अङ्कको पनि लोकार्पणसमेत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ