लमजुङ । लमजुङमा ७६ वर्षीय वृद्ध महिलालाई जवर्जस्ती करणी गरी फरार रहेका राईनस नगरपालिका ६ का ५० वर्षीय अभियुक्त बाबुराम सार्कीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । उनलाई जंगलमा लुकिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
उनि विरूद्ध भदौ १५ गते राती घरमा एक्लै सुतिरहेकी शारीरिक रूपमा कमजोर अवस्थाकी वृद्ध महिलालाई जवर्जस्ती करणी गरेको उजुरी परेको थियो । उक्त उजुरी पछि प्रहरीले उनलाई भदौ १९ गते पक्राउ गरेको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


