काठमाडौं । होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ।
होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ। यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने होण्डाले जनाएको छ । ।
२२० मिलिमिटर को असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै, एलिभेटले एस यू भी हरुका लागि नयाँ मानक सेट गरेको छ । यसबाहेक, यो गाडीको इन्जिनले 121 PS (लगभग 119 हर्स पावर) को प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ । होन्डा एलिभेट नेपालभरिका आधिकारिक होन्डा डिलरशिपहरूमा उपलब्ध हुनेछ। होन्डा एलिभेट बारे थप जानकारीको लागि र यसका अत्याधुनिक सुविधाहरू अनुभव गर्न, आफ्नो नजिकको होन्डा कार शोरूममा बुझ्न सकिने होण्डा नेपालले बताएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


