Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

फिफा विश्वकप फुटबलमा बेल्जियमद्वारा क्यानडा पराजित


ग्लोबल पाना
बिहीबार , मंसिर ८ २०७९
  • 241
    SHARES

  • images
    फिफा विश्वकप फुटबलमा बेल्जियमद्वारा क्यानडा पराजित

    काठमाडौं । बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो ।

    images
    images
    images

    मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निणर्ायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

    बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अङ्क जोडेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ