Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वय समिति कास्कीद्वारा कार्यालयहरूको बार्षिक समिक्षा समन्वयका लागि गुनासो डेस्क स्थापना गर्ने


ग्लोबल पाना
सोमबार, भदौ २५ २०८०
  • 428
    SHARES

  • images
    जिल्ला समन्वय समिति कास्कीद्वारा कार्यालयहरूको बार्षिक  समिक्षा  समन्वयका लागि  गुनासो डेस्क स्थापना गर्ने

    पोखरा । जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ। कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा ब्यबस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको प्रमुख लिलाधर पौडेलले बताउनुभयो।

    images
    images
    images

    कास्कीका बिकास आयोजनामा हुन सक्ने संभाबित कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न छिट्टै सो डेस्क स्थापना गर्छौ । सो डेस्क मार्फत कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ र बिकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट लिखित, मौखिक र विद्युतीय रूपमा प्रदान गर्ने ब्यबस्था गर्नेछौं प्रमुख पौडेलले उल्लेख गर्नुभयो।

    पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९-८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०-८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन गर्दै बताउनुभएको हो।

    पौडेलले सुसासन बिना बिकास संभब नहुने र बिकास बिना समृद्धि संभब नभएको हुँदा देश र जनताको समृद्धिका खातिर हर तवरबाट सबै पक्ष लाग्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। बिकासका लागि छुट्याइएको बजेट पूर्णरूपमा उपयोग होस।

    कहिँ कतै ढिलासुस्ती र अनियमितता भएको देख्न सुन्न नपर्ने गरि कास्कीका कार्यालय प्रमुख र राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सबैले समन्वयात्मक तवरले काम गरौं। प्रमुख पौडेलले उल्लेख गर्नुभयो। उहाँले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गर्नुभयो।

    सो अबसरमा सोमबार रूपाताल संरक्षण एकीकृत बिकास परियोजना, खानेपानी तथा ढल निकास आयोजना पोखरा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा, संघीय आयोजना कार्यान्वयन इकाई, स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय, सडक डिभिजन पोखरा, पुष्पलाल मध्य पहाडी सडक आयोजना, मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड,पूल सेक्टर पोखरा र संघीय पूर्बाधार बिकास कार्यालय लगायतले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो।

    जि.स.स.कास्कीले बार्षिक कार्ययोजना निर्माण गरेर सोही मुताबिक आयोजना गरेको उक्त कार्यक्रम सोमबारदेखि शुरु भएर तिनदिन सम्म संचालन हुनेछ। प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ