काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
नेम्वाङको मध्यराति निधन भएको थियो।
आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो।
उनको देहावसानको खवर थाहा पाउनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका थिए। उनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए। नेकपा एमालेको संसदीय दलका सचेतक महेश बर्तौलाले आस्थाको एउटा मियो ढलेको बताए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


