Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अमरगढी नगरपालिका-१ का वडा सचिव मृतावस्थामा फेला


ग्लोबल पाना
मंगलबार, भदौ २६ २०८०
  • 242
    SHARES

  • images
    अमरगढी नगरपालिका-१ का वडा सचिव मृतावस्थामा फेला

    डडेल्धुरा। डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन्। जिल्लाको अमरगढी नगरपालिका-१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन्।

    images
    images
    images

    ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका-२ हो। अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन्। पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।

    पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पन्त यस अगाडि अमरगढी-१० का सचिव थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ