Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न १ भारतीय रौतहटमा पक्राउ


ग्लोबल पाना
बुधबार, भदौ २७ २०८०
  • 292
    SHARES

  • images
    नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न १ भारतीय रौतहटमा पक्राउ

    रौतहट। फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन ।

    images
    images
    images

    फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ पक्राउ गरेको हो ।

    उनलाइ सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुले पछि थप अनुसन्धान भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ