Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

उपभोक्ता ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने : कानुनमन्त्री गुरुङ


ग्लोबल पाना
बुधबार, भदौ २७ २०८०
  • 267
    SHARES

  • images
    उपभोक्ता ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने : कानुनमन्त्री गुरुङ

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगीने अवस्थाको अन्त्य हुन नसकेको बताएका छन् । नेपाली उपभोक्ता संरक्षण महासङ्घको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताए ।

    images
    images
    images

    उनले चाँडै धनी बन्ने अभिलाषा बोकेर व्यापार गर्दा उपभोक्ता ठगीमा परेको बताए । ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले शुद्ध मन नभएसम्म सुधार हुन नसक्ने तर्क गरे ।

    कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्र साउदले उपभोक्ता संरक्षण महासङ्घ राष्ट्रिय प्रकृतिको संस्था भएकाले राष्ट्रिय ऐनमा दर्ता गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । उनले महासङ्घलाई सम्बन्धित सबै निकायमा अनिवार्य प्रतिनिधित्वसहित अधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्न सहयोग गर्न सरकारसँग आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ