काठमाडौं । एसिया कपमा मंगलबार श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै भारतीय कप्तान रोहित शर्माले ठूलो कीर्तिमान बनाएका छन् ।रोहित शर्मा अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा १० हजारभन्दा बढी रन बनाउने छैटौं भारतीय ब्याट्सम्यान बनेका छन् ।
विश्वमा १० हजारभन्दा बढी रन बनाउने १४ ब्याट्सम्यान मात्र थिए । रोहित शर्मा यस्तो गर्ने १५ औं ब्याट्सम्यान बनेका हुन् ।भारतीय ब्याट्सम्यानमा सचिन तेन्दुलकर, विराट कोहली, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले १० हजारभन्दा बढी रन बनाएका छन् ।
रोहित शर्मा यस्तो गर्ने छैटौं भारतीय ब्याट्सम्यान बनेका छन् । यसअघि सोमबार पाकिस्तानविरुद्धको खेलमा विराट कोहलीले १३ हजार रन पूरा गरेका थिए ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरू:
सचिन तेन्दुलकर (भारत) - १८४२६
कुमार संगकारा (श्रीलंका) - १४२३४
रिकी पोन्टिङ (अस्ट्रेलिया)- १३७०४
सनथ जयसूर्या (श्रीलंका) - १३४३०
विराट कोहली (भारत) - १२९०२
महेला जयवर्धने (श्रीलंका) - १२६५०
इन्जमाम-उल-हक (पाकिस्तान) - ११७३९
ज्याक क्यालिस (दक्षिण अफ्रिका) - ११५७९
सौरभ गांगुली (भारत) - ११३६३
राहुल द्रविड (भारत) - १०८८९
महेन्द्र सिंह धोनी (भारत) - १०७७३
क्रिस गेल (वेष्ट इण्डिज)- १०४८०
ब्रायन लारा (वेष्ट इण्डिज)- १०४०५
तिलकरत्ने दिलशान (श्रीलंका) - १०२९०
रोहित शर्मा (भारत) - १००३१
.gif)




 x 450 (H) Global Pana.jpeg)


