Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अब हामी गर्न सक्छौं, गर्न सकिन्छ बहस भनेर चलाऔं : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
बुधबार, भदौ २७ २०८०
  • 273
    SHARES

  • images
    अब हामी गर्न सक्छौं, गर्न सकिन्छ बहस भनेर चलाऔं : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब देशको आर्थिक गतिविधिले तीब्रता पाउने आशा व्यक्त गर्नुभएको छ । नेपाल भ्युज कन्केलेभ २०२३ मा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिमा एउटा सिस्टम स्थापित भएको छ ।

    images
    images
    images

    अब सकारात्मक बहसको आवश्यकता छ । त्यो भनेको ‘हामी गर्न सक्छौं, गर्न सकिन्छ ।’ भन्ने विषयमा छलफल व्यापक बनाउनुपर्छ । देशमा यसले सकरात्मक सन्देश फैलाउँछ । जब आत्मविश्वास बढ्छ, आत्मविश्वास बढ्यो भने आम्दानी गर्न सकिन्छ, आम्दानी भयो भने खर्च गर्न गरिन्छ ।

    पूँजी छ भने लगानी गर्न गरिन्छ । सुशासन, पारदर्शिता र कानुनको शासनलाई मध्यनजर राखेर सरकार अगाडि बढेको मन्त्री डा. महतले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो आर्थिक रुपान्तरणको चारवटा खम्बा पर्यटन, हाइड्रो, सूचना प्रविधि र एग्रो विजनेश स्पष्ट र पारदर्शीरुपमा छन् ।’

    चारवटा खम्बामध्ये पर्यटन क्षेत्र पहिलो भएको उहाँले बताउनुभयो । भन्नुभयो, ‘पर्यटन क्षेत्रमा पश्चिमा देशको पर्यटन कुर्ने अवस्थाको अन्त्य भएको छ । छिमेकी मुलुकबाट लाखौं पर्यटक भित्र्याउन सक्छौं । रोजगारी र आम्दानी मात्र होइन, यसले आर्थिक रुपमा धेरै सहयोग पुग्छ । यो व्यवसायलाई अगाडि बढाउनुपर्छ ।’

    दोस्रो जलविद्युत भएको उहाँको भनाइ थियो । भन्नुभयो, ‘०४६ सालबाट निजी क्षेत्रले उत्पादन सुरु गरेको अहिले साढे दुई सय मेगावट उत्पादन भइसकेको छ । समग्रमा यसले लय पक्रेको छ । अहिले भारतसँग १० हजार मेगावट विद्युत खरिद सम्झौता भएको छ ।

    बंगलादेशमा पनि बजार छ । यसबाट राजश्व वृद्धिमा महत्वपूर्ण योगदान पुग्छ । डायस्फोराले पनि यो क्षेत्रमा लगानीका लागि उत्सुकता देखाएको छ ।’ सीमाहिन सम्भावना सूचना प्रविधि क्षेत्र भएको मन्त्री डा. महतले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘विशेषतः कोभिडपछि युवा पुस्ताले यो क्षेत्रमा आफ्नो क्षमता देखाइरहेका छन् ।

    हजारौं युवा यसमा संलग्न छन् । संस्थागत रुपमा विकसित हुँदै आइरहेको छ । यसमा सीमाहिन सम्भावना छ । सरकारले यसलाई समन्वय गर्न सकेको छैन । बेलायतमा निर्यात भइरहेको सफ्टवेयरका बारेमा सरकारसँग तथ्यांकसमेत छैन । अब निजी र सरकारी क्षेत्र मिलेर नेपाललाई आईटी हबको रुपमा विकास गर्न सकिन्छ ।’

    एग्रो विजनेशलाई देशको अर्थतन्त्र कायापलट बनाउन सकिने सम्भावना रहेको मन्त्री डा. महतको भनाइ छ । उहाँले भन्नुभयो, ‘नयाँ प्रविधिको प्रयोग गरेर ठूलो स्केलमा कृषि उत्पादनको व्यवसायको सम्भावना प्रचुर छ । जमिन भाडामा लिएर यो व्यवसाय गर्छु भन्ने स्वदेश र विदेशीलाई आकर्षित गर्न सक्नुपर्छ । विदेशमा बसेर ज्ञान र अनुभव हासिल गरेरले सानो स्केलमा भए पनि यो व्यवसाय गर्न प्रेरित गर्नुपर्छ ।

    उत्पादनलाई राज्यले अनुदान नीति लिएको छ ।’ ‘हिजो केही भएकै हो, तर पर्याप्त होइन । अरु देश धेरै अगाडि बढिसकेका छन्, त्यसको तुलनामा पनि पर्याप्त होइन । अहिले सूचना प्रविधिको युग हो, हरेकको हातमा स्मार्ट फोन छ, संसार यसैमा देखिन्छ ।

    यसलाई हेरेर नेपाल दाँजेर हेरिन्छ, त्यो अस्वभाविक होइन’ मन्त्री डा. महतले भन्नुभयो, ‘कुन परिस्थितिबाट हाम्रो अर्थतन्त्र गुज्रियो, कुन परिवेशबाट हामी अघि बढ्यौं, देश कस्तो खाले राजनीतिक उतरचढावबाट गुज्रियो, यो सुन्न अहिलेको पुस्ता तयार छैन । विश्व धेरै अगाडि पुग्यो, हामी किन पुगेनौं, तपाईंहरुकै कारण हाम्रो देश विकास भएन भन्ने युवा पुस्ताको जिज्ञासा छ ।’ ‘अब हामीले परिणाम नै देखाएर काम गर्नुपर्ने बाध्यता छ ।

    हिजोका दिनमा हामी स्मुथली आर्थिक विकासको बाटोमा अगाडि बढ्न सकेनौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘देश विभिन्न कारणले अप्ठ्यारोमा पर्यो । पछिल्लो समय भूकम्प, कोभिड र बाह्य परिस्थितिको कारणले पनि हामीले तीब्र आर्थिक वृद्धिदर हासिल गर्न सकेनौं ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ