Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि


ग्लोबल पाना
बिहीबार , भदौ २८ २०८०
  • 309
    SHARES

  • images
    राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् । नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो ।

    images
    images
    images

    यसअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए ।

    पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए ।

    बिहीबार बिहान नेम्वाङ निवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्‍याइएको हो ।

    मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।

    उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ