Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पक्की घर पाएपछि धेरै खुसी छन् विपतपुरका मुक्तकमैया


ग्लोबल पाना
बिहीबार , भदौ २८ २०८०
  • 384
    SHARES

  • images
    पक्की घर पाएपछि धेरै खुसी छन् विपतपुरका मुक्तकमैया

    कैलाली। कैलालीको कैलारी गाउँपालिका- ७ विपतपुरका मुक्तकमैया खुसीले दंग भएका छन्। यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन्।आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन् ।

    images
    images
    images

    विस् २०७९ को वैशाख ११ गते भएको आगलागीबाट विपतपुरका २७ घर जलेर नष्ट भएका थिए। नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसोे बस्तीमा सल्केको थियो।

    सुदूरपश्चिम प्रदेश सरकार र हेबिटेट नेपालले साझेदारीमा घर निर्माण गरी मुक्तकमैया परिवारलाई हस्तान्तरण गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका भूमि स्रोत नक्शाकंन महाशाखाका नापी अधिकृत धर्मराज ओझाले जानकारी दिए।

    प्रदेश सरकारको रु ९० लाख, हेबिटेट नेपालको रु ५४ लाख र समुदायको रु ३८ लाख ७८ हजारको श्रमदान गरी रु एक करोड ८२ लाख ७८ हजारको लागतमा ती घर निर्माण गरिएको उहाँले बताए।

    पक्की भवनमा सीएसइबी इन्टरलकिङ् ब्लक प्रयोग गरिएको छ । भवनसंहिता अनुसार घर निर्माण गरिएको हेबिटेट नेपालको पश्चिम फिल्ड कार्यालय प्रमुख पुनिता चौधरीले बताइन्।

    अधिकृत ओझाका अनुसार हालसम्म मन्त्रालय र हेबिटेटको साझेदारीमा अहिलेसम्म सुदूरपश्चिममा ८४ घर निर्माण भइसकेका छन्। कैलालीको भजनी नगरपालिकामा राजी समुदायका २५, विपदपुरमा मुक्तकमैयाका २७, कञ्चनपुरको बेदकोट नगरपालिकाकामा भूमिहीन, दलित, मुक्तकमैयाका २५ र डोटीमा मुक्तहलियाका सात घर निर्माण भएका छन्।

    सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले प्रदेशमा रहेका भूमिहीन, सुकम्बासी, मुक्तकमैया, हरुवाचरुवाको जग्गा र बसोवासको व्यवस्थापन गर्न प्रदेश सरकार लागिपर्ने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ