Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु


ग्लोबल पाना
शुक्रबार, भदौ २९ २०८०
  • 208
    SHARES

  • images
    गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु

    कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी-२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

    images
    images
    images

    “बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ”, उनले भने, “गैंडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।”

    ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ। मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। उहाँका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन्।

    आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो । दुई गैंडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ