Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा : मेयर दाहाल


ग्लोबल पाना
शुक्रबार, भदौ २९ २०८०
  • 378
    SHARES

  • images
    रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा : मेयर दाहाल

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले नारायणी नदी किनार गरेको वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाउन धेरै समय लागेको उल्लेख गर्नुभयो ।

    images
    images
    images

    प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकामा ऋण तिर्नका लागि रु १२ करोड आएको भएपनि समय अभावले ऋणीलाई दिन नसक्ने अवस्था सिर्जना भएको जानकारी दिनुभयो । ‘रंगशाला हाम्रै पालामा बन्छ,उहाँले भन्नुभयो,‘हामी बनाउँछौ। रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा पनि हो । अहिले स्टीमेटको काम भईरहेको छ।’ रंगशालामा स्टीमेट तयारका लागि धमाधम सरसफाईको काम पनि भईरहेको छ । स्टीमेट तयार गरेपछि यही आर्थिक वर्षमा बाँकी काम अगाडि बढ्ने छ ।

    मेयरले केही महिनाअघि रंगशाला बन्छ, ढुक्क हुनु होस् भन्नुभएको थियो, तर के हुँदैछ भनेर खबरदारी र चासो चिन्ता व्यक्त गरेको सन्देश आफुले पाएको उहाँले बताउनुभयो। प्रमुख दाहालले एक दुई दिनमा बस्ने मन्त्रिपरिषदको बैठकको निणर्यले रु १२ करोड ऋण तिर्नको लागि महानगरपालिकामा पठाउने जानकारी दिनुभयो। महानगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी ऋण तिर्नुपर्ने व्यक्तिको पहिचान र भरपाई तथा भुक्तानी हुने उहाँले बताउनुभयो । रंगशाला निर्माण गर्न बागमती प्रदेश र भरतपुर महानगरले चरणवद्ध रुपमा अगाडि बढाउने र प्याराफिट निर्माण गरी अन्तर्राष्ट्रिय खेलकुदहरु सञ्चालन गरिने प्रमुख दाहालको भनाई थियो ।

    यसैबीच भरतपुर महानगरपालिकाको बृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत शुक्रबार नारायणी नदी किनारमा सरसफाई तथा वृक्षरोपण गरिएको छ । पवित्र तिर्थ स्थल र महानगरको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भईरहेको किनारको सौन्दर्यकरण र सरसफाईको कार्यको महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले पिपलको रुख रोपेर गर्नुभयो ।

    प्रमुख दाहालले हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार विहान टोल टोल, वडा वडा र नगरस्तरी सरसफाई निरन्तरता राखिने उल्लेख गर्नुभयो। नारायणीको किनारमा पाम, समी, पिपल, बर लगायतका छिटो सर्ने विरुवा रोपिएको छ । प्रमुख दाहालले किनारमा ठुला पूर्वाधार निर्माण नगरिने स्पष्ट पार्नुभयो । उहाँले किनारलाई जति सक्दो हरियाली प्रर्वधन गरिने जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा अभियान्ता, टोल सुधार, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ