Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त : जिसस प्रमुख पौडेल


ग्लोबल पाना
शुक्रबार, भदौ २९ २०८०
  • 354
    SHARES

  • images
    श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त : जिसस प्रमुख पौडेल

    पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा प्रदान गर्ने बिषय पहिलो शर्तका रूपमा लिन कास्कीका रोजगारदाता कम्पनी र ब्यबसायिहरूलाइ आग्रह गर्नुभएको छ।

    images
    images
    images

    पौडेलले नेपाल सरकारले न्युनतम पारिश्रमिक तथा श्रम ऎन, २०७४ र नियमाबलि २०७५ बमोजिम पाउनुपर्ने अन्य सेवा सुबिधा प्रदान गर्ने बिषयमा गम्भीर बन्न रोजगारदाता ब्यबसायी हरूलाइ आग्रह गर्नुभयो। कतिपय आपूर्तिकर्ता रोजगारदाताहरूले समयमा पारिश्रमिक नपाएको गुनासो बढेको भन्दै सामाजिक सुरक्षा कोष, बिदा, संचयकोष, महङ्गी भत्ता, औषधि उपचार, बिमा लगायतका बिषय पूर्ण कार्यान्वयन गर्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो।

    पौडेलले सो कुरा श्रम कार्यालय पोखराको आयोजनामा श्रमिक आपूर्तिकर्ता सम्बन्धि विद्यमान कानुन तथा नियमावली सम्बन्धि रोजगारदाता र सरोकारवालासंगको अन्तर्क्रीया कार्यक्रमको उद्घाटन गर्दै बताउनु भएको हो।

    श्रमिक कुनै पनि क्षेत्रको उत्पादन र सेवा प्रबाहको महत्वपूर्ण मेरूदण्द भएको हुँदा सामाजिक सुरक्षाकोष मार्फत सरकारले शुरु गरेको श्रमिकको सुरक्षाको बिषयलाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झबिश्वर रेग्मी, श्रम कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल, सोही कार्यालयका इन्जिनियर बिबेक यादब लगायतले आफ्नो भनाइ राख्नु भएको थियो।

    श्रम कार्यालय पोखराका कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकालको अध्यक्षतामा संचालित अन्तर्क्रीया कार्यक्रममा कास्कीका श्रमिक आपूर्तिकर्ता कम्पनी र ब्यबसायीहरूको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ