Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : झलनाथ खनाल


ग्लोबल पाना
आइतबार, भदौ ३१ २०८०
  • 229
    SHARES

  • images
    सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन् । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा शनिबार पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिए ।

    images
    images
    images

    उनले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्ने बताए । उनले भ्रष्टाचार न्यूनीकरणका लागि सबै राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताए ।

    नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गरे । सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्वपूणर् हुने उनको भनाइ थियो ।

    सो अवसरमा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट इञ्चार्ज डा विजय पौडेल, समाजवादी सहकारी सङ्गठनका अध्यक्ष नवराज अर्याल, सहकारी इन्चार्ज गोविन्द कोइराला, पार्टीका पोलिटब्यूरो सदस्य तथा कृषक महासङ्घका अध्यक्ष बलराम बाँस्कोटालगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ