Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

क्यानडाले भारतीय कूटनीतिज्ञलाई गरिदियो देशनिकाला


ग्लोबल पाना
मंगलबार, असोज २ २०८०
  • 262
    SHARES

  • images
    क्यानडाले भारतीय कूटनीतिज्ञलाई गरिदियो देशनिकाला

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । क्यानडा सरकारले यस मामिलामा एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ। भारतीय विदेश मन्त्रालयले क्यानडाको यो आरोपलाई अस्वीकार गर्दै भारत सरकारको संलग्नताको आरोप आधारहीन भएको बताएको छ ।

    images
    images
    images

    क्यानडाका प्रधानमन्त्री ट्रुडोको यो भनाइलाई लिएर धेरै प्रतिक्रिया आइरहेका छन् । जनताले यसलाई दुवै देशको विदेश नीतिका हिसाबले अचम्मको कदम भनेका छन् । क्यानडाको भ्याङ्कुभर साउथका सांसद हरजीत सज्जनले ट्रुडोको भनाइमा लेखेका छन्, “हामी भारत वा अन्य कुनै देशलाई हाम्रो लोकतन्त्रमा हस्तक्षेप गर्न दिनेछैनौं। क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको संलग्नता हाम्रो सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन हो।”

    समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै वाशिंगटन डीसीमा रहेको थिंक ट्याङ्क विल्सन सेन्टरको दक्षिण एशिया संस्थानका निर्देशक माइकल कुगेलम्यानले भने, “क्यानाडा भारतको धेरै महत्त्वपूणर् पश्चिमी साझेदार हो। जस्टिन ट्रुडोले भारतमाथि लगाएको ठूला आरोपपछि भारतीय कूटनीतिज्ञलाई निष्कासन गर्नु अचम्मको कदम हो । यस्तो सामान्यतया हुँदैन।”

    ‘क्यानाडाली प्रधानमन्त्रीले सार्वजनिक रूपमा यो आरोप लगाउनुले उनीसँग यसको बलियो प्रमाण छ भन्ने स्पष्ट रूपमा देखाउँछ, नत्र उनले भारतसँगको राम्रो सम्बन्धलाई किन हानि पुर्याउन खोज्छन् ? मलाई विश्वास छ कि उनी जे भनिरहेका छन् त्यसको गम्भीरतालाई उनलाई थाहा छ।”

    क्यानडाका वरिष्ठ पत्रकार ताहिर असलम गोराले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘क्यानडा भारतको शुभचिन्तक हो र भारत क्यानडाको शुभचिन्तक रहिआएको छ । कहिलेकाहीँ खालिस्तानी मुद्दामा विवाद पनि भयो, तर यसका बाबजुद पनि दुई देशबीचको सम्बन्ध निकै राम्रो छ, त्यसैले यो कदम निकै अचम्मको छ ।”

    “पृथकतावादी नेताको हत्या भएको तीन महिनापछि यति ठूलो कदम चाल्नु एकदमै अचम्मको कुरा हो। यसबाट क्यानडावासी पनि अचम्ममा परेका छन्। ३०-३२ वर्षअघि भएको एयर इन्डिया बम विस्फोटको छानबिन अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तीन महिनामा यो छानबिन कसरी पूरा भयो? अचानक प्रधानमन्त्रीले संसदमा यस्तो बयान दिए। हामी क्यानेडियनहरू पूणर् सत्यको पर्खाइमा छौं।”

    भारतीय विदेश मन्त्रालयले यस विषयमा विज्ञप्ति जारी गर्दै भनेको छ- “हामी क्यानडाका प्रधानमन्त्रीले आफ्नो संसदमा दिएको भनाइ र उहाँको विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्छौं।” “क्यानडामा हुने कुनै पनि हिंसात्मक कार्यमा भारत सरकारको संलग्नताको आरोप आधारहीन छ। क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई पनि यस्तै आरोप लगाएका थिए र पूणर् रूपमा अस्वीकार गरियो।”

    “हामी विधिको शासनप्रति दृढ प्रतिबद्धता भएको लोकतान्त्रिक देश हौं।” यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । क्यानडाको संसदमा ट्रुडोले भने, “क्यानाडाली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने पक्का रूपमा पत्ता लगाएका छन् ।” क्यानडाका प्रधानमन्त्रीले जी-२० सम्मेलनमा पनि प्रधानमन्त्री मोदीसँग यो मुद्दा उठाएको बताए ।

    ट्रुडोले क्यानडाको संसदमा भने, “हाम्रो देशको भूमिमा क्यानाडाली नागरिकको हत्याको पछाडि विदेशी सरकारको हात हुनु अस्वीकार्य छ र यो हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो।” ट्रुडोले भने, “यो लोकतान्त्रिक, स्वतन्त्र र खुला समाजहरू सञ्चालन गर्ने आधारभूत नियमहरूको विरुद्ध हो।”

    क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई यस प्रकरणको अनुसन्धानका कारण निष्कासन गरिएको बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ