Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

१०औं छायाँछवि तीज म्युजिक अवार्ड २०८० सम्पन्न, को को भए त विजेता


ग्लोबल पाना
शनिबार, भदौ ३० २०८०
  • 855
    SHARES

  • images
    १०औं छायाँछवि तीज म्युजिक अवार्ड २०८० सम्पन्न, को को भए त विजेता

    काठमाडौं । छायाँछवि तिज म्युजिक अवार्डको दशौं संस्करण काठमाडौंमा शनिबार सम्पन्न भएको छ ।  विगत १० वर्षदेखि आयोजना हुँदै आएको यस छायाँछवि तिज म्युजिक अवार्ड शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।

    images
    images
    images

    तारेकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, संगीतकार सन्तोष श्रेष्ठ, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योती प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह लगायतको सहभागिता भएको थियो ।

    यस अवार्ड कार्यक्रममा अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार तथा संचारकर्मी कृष्णदेवी आचार्य ‘रोशनी’ र सञ्चारकर्मी सवी कार्की खड्का सम्मानित भएका थिए । यस अवार्ड कार्यक्रम छायाछवी क्रियशनका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।

    छायाँछवी क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलीक परम्परालाई मध्यनजर गर्दै नेपाली महिलाहरुको महानचाँड तीजको अवसर पारेर आयोजना गरिएको छायाँछवी तिज म्युजिक अवार्डले कलाकारहरुलाई आफ्नो क्षेत्रमा क्रियाशिल रहनको लागी थप प्रोत्साहन गर्नुका साथै चाडबाँडको नाममा हुने विकृति विसंगती रोक्ने उद्देश्यका साथ विगत १० वर्ष देखी निरन्तर रुपमा यो अवार्डको आयोजना गर्दै आएको बताए । 

    छायाँछवि तिज म्युजिक अवार्डको निर्णायकमा कलाकार शिवहरि बैरागी नेपाल, संगीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर थिए ।

    यस छायाँछवि तिज म्युजिक अवार्ड विजेताहरुको नामावली यस प्रकार रहेको छ :

    तीज गीत एरेन्जरः  विपीन आचार्य - स्वामी ज्यू
    तीज गीत मिक्सिङः  प्रकाश खरेल - यो तीजमा नजाने माइती
    तीज गीत भिडियो छाँयाकारः मुकेश हुमागाईं - आयो तीज आयो
    तीज गीत मोडल (पुरुष):  प्रकाश सोनी - तीज आयो स्वामी राजा
    दोहोरी तीज गीत मोडलः सम्झना बुढाथोकी - साडी जापानी


    तीज दोहोरी गीत शब्दः जानकी पन्थ - अब त चाहियो काठमाण्डौमा घर
    तीज दोहोरी गीत लयः प्रकाश शाही - पशुपतिमा जलहरी
    तीज दोहोरी गीत गायकः विजय गुरुङ - तीजै आयो
    तीज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी - नाँचौ न पिर भुलेर


    तीज गीत नवगायनः सुनिता भट्टराई - तीज बबाल
    तीज गीत युगल मोडलः दीपाशा विसी /अञ्जली अधिकारी - अरिकैको दासी बरीलै
    तीज गीत युगल गायनः अन्जु श्रेष्ठ/बीना भट्टराई - तीजको लहर


    तीज गीत नृत्य निर्देशनः केशव भट्ट - बालापनको तीज
    तीज गीत भिडियो निर्देशनः गम्भीर विष्ट - यो तीजमा नजाने माइती


    मौलिक तीज गीत मोडलः सुप्रिमा थापा - बालापनको तीज
    उत्कृष्ट तीज गीत शब्दः वसन्त योगी - कल्ले खायो दर
    उत्कृष्ट मौलिक तीज गीत शब्दः कस्तुप पन्त - मन्दिरमा गजुर
    तीज गीत लयः तारावीर पाण्डे - भन्छन् स्वामीले
    मौलिक तीज गीत लयः वि.पी. वाग्ले - बरिलै माइतीको


    तीज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया - पिरलो
    मौलिक तीज गीत गायिकाः सिता के.सी - हेर त साइली


    तीज गीत भीडीयो सम्पादकः बन्दे प्रसाद - बालापनको तीज
    दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल - पियारी
    तीज गीत गायिकाः शोभा के.सी. - परदेशमा हाम्रो (जुरी)


    उत्कृष्ट तीज गीत शब्दः कमला बोहरा खत्री - परदेशी चेलीको तीज (डायस्पोरा)
    तीज दोहोरी गीत शब्दः हरी उप्रेती - तीजै आयो (जुरी)

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ