Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जनताको अधिकारलाई स्थापित गर्दै संविधान कार्यान्वयनमा अघि बढ्नुपर्छ : केपि ओली


ग्लोबल पाना
बुधबार, असोज ३ २०८०
  • 392
    SHARES

  • images
    जनताको अधिकारलाई स्थापित गर्दै संविधान कार्यान्वयनमा अघि बढ्नुपर्छ : केपि ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकारलाई स्थापित गर्दै संविधानको सफल कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा काठमाडौं नक्सालस्थित नारायण चौरमा आयोजित एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई कार्यान्वयन गर्दै संविधानलाई सफल बनाउनुपर्ने बताएका हुन्।

    images
    images
    images

    उनले मुलुकका उपलव्धीहरुलाई समाप्त पार्ने खालका अभिव्यक्ति र क्रियाकलाप हुने गरेको भन्दै विभाजनकारी प्रवृतिहरुलाई निरुत्साहित पार्नुपर्ने बताए।

    राष्ट्रिय एकतालाई कमजोर पार्नका लागि जुनसुकै नाममा हुने क्रियाकलापबिरुद्ध नेपाली जनता सचेत हुनुपर्ने उनले बताए। अध्यक्ष ओलीले शान्ति सुव्यवस्था, समानता, राष्ट्रिय एकता कायम गरेर राजधानीमा मात्रै नभइ देशभर नै जनस्तरमा संविधान दिवस मनाउनुपर्ने बताए।

    नारायण चौरमा संविधानमा उल्लेख गोपनीयताको हक, शोषण विरुद्धको हक, शिक्षा सम्बन्धी हक, रोजगारीको हक लगाएत लेखिएका बोर्डहरु राखिएका थिए भने सयौंको संख्यामा आएका नागरिकहरुले नेपाली झण्डाका साथमा सेल्फी खिचाएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ