Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

संविधान सभाबाट नयाँ संविधान जारी भएको ८ वर्ष पूरा


ग्लोबल पाना
बुधबार, असोज ३ २०८०
  • 247
    SHARES

  • images
    संविधान सभाबाट नयाँ संविधान जारी भएको ८ वर्ष पूरा

    काठमाडौं। संविधान सभाबाट नयाँ संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ। संविधन दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो।

    images
    images
    images

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यबहाक प्रधानमन्त्री पूणर् बहादुर खड्का लगाएत सहभागी भएका थिए। समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिभिन्न निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो।

    संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०८० लेखिएको व्यानर प्रदर्शन गरेको थियो। त्यस्तै रंगीचंगी बेलुन र शान्तिका प्रतिक परेवासमेत उडाइएको थियो।

    समारोहलाई सम्बोधन गर्दै कार्यबहाक प्रधानमन्त्री पूणर्बहादुर खड्काले संविधानप्रतिको सच्चा सम्मान र समर्पणले देशलाई समृद्ध लोकतान्त्रको नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

    उनले संविधानको कार्यान्वयनलाई गति दिँदै देशमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा निरन्तर प्रयासरत रहेको बताए।

    खड्काले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको र शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग रहेको बताए।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।

    नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ