Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

डडेल्धुरा कारागारबाट ७ जना कैदीबन्दी संविधान दिवसको अवसरमा रिहा


ग्लोबल पाना
बुधबार, असोज ३ २०८०
  • 288
    SHARES

  • images
    डडेल्धुरा कारागारबाट ७ जना कैदीबन्दी संविधान दिवसको अवसरमा रिहा

    काठमाडौं । संविधान दिवसको अवसरमा डडेल्धुरा जिल्ला कारागारबाट सातजना कैदीबन्दी रिहा भएका छन् । कारागार प्रमुख जितेन्द्र ओझाका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका सातजना कैदीबन्दीलाई रिहा गरिएको हो ।

    images
    images
    images

    ‘मूलुकी अपराध संहिता कार्यान्वय हुनु अगाडिका मुद्वामा दोषी ठहर भएका कैदीबन्दीको हकमा ४० प्रतिशत र त्यसपछि पछाडि ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्न मिल्ने व्यवस्था छ,’उनले भने, ‘सोहीअनुसार १ जना ४० प्रतिशत र अन्य ६ जना ५० प्रतिशत कैद भुक्तानग गरेकालाई रिहा गरिएको छ ।’ कर्तव्य ज्यान मुद्दाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एकरएक कैदीबन्दीलाई रिहा गरिएको ओझाले बताए । उनीहरुलाई आफन्तको जिम्मा लगाउने कार्य भइरहेको ओझाले बताए ।

    संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । हरेक वर्ष संविधान दिवसको अवसरमा कैदीलाई रिहा गरिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ