Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अनिल कपूरको आवाज र तस्विर बिना अनुमति प्रयोग गर्न प्रतिबन्ध


ग्लोबल पाना
बुधबार, असोज ३ २०८०
  • 367
    SHARES

  • images
    अनिल कपूरको आवाज र तस्विर बिना अनुमति प्रयोग गर्न प्रतिबन्ध

    काठमाडौं । दिल्ली उच्च अदालतले अभिनेता अनिल कपुरको नाम, तस्विर र आवाजलाई उनको अनुमति बिना व्यावसायिक रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। दिल्ली उच्च अदालतले बुधबार आफ्नो अन्तरिम आदेशमा सामाजिक सञ्जाल च्यानलहरू, ई-कमर्स वेबसाइटहरू र अन्यलाई बलिउड अभिनेताको प्रचार अधिकार उल्लङ्घन गर्न प्रतिबन्ध लगाएको छ।

    images
    images
    images

    बीबीसीकी सहयोगी पत्रकार सुचित्रा मोहन्तीले यो आदेशको प्रतिलिपि हेरेकी छिन् । कपूरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर धेरै व्यक्ति र धेरै सोशल मिडिया च्यानलहरूले उनको आवाज र तस्विर प्रयोग गरेर उनको छविलाई कलंकित गरिरहेको आरोप लगाए।

    बुधवार अनिल कपूरको तर्फबाट अधिवक्ता प्रवीण आनन्द अदालतमा उपस्थित भएका थिए। उनले अदालतमा कपूरको तस्विर र ‘झकास’ संवादलाई उनको सहमतिबिना प्रयोग नगर्न अदालतबाट आदेशको लागि अपिल गरिरहेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ