Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीको चीन भ्रमणको घोषणा, भ्रमण टोलीको नाम सार्वजनिक


ग्लोबल पाना
बिहीबार , असोज ४ २०८०
  • 310
    SHARES

  • images
    प्रधानमन्त्रीको चीन भ्रमणको घोषणा, भ्रमण टोलीको नाम सार्वजनिक

    काठमाडौं। प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उक्त भ्रमणदलमा सहभागी हुनेहरूको नाम सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने चीन भ्रमणमा सहभागी प्रतिनिधिमण्डलको नाम सार्वजनिक गरेको हो।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २३ देखि ३० तारिखसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्दैछन् ।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, खानेपानीमन्त्री महिद्राराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनेछन् ।

    राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँगै अन्य वरिष्ठ सरकारी अधिकारी तथा व्यवसायी समुदायका प्रतिनिधिहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ