Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भलाममा ३० औं माधव स्मृति दिवस सम्पन्न


ग्लोबल पाना
बिहीबार , असोज ४ २०८०
  • 373
    SHARES

  • images
    भलाममा ३० औं माधव स्मृति दिवस  सम्पन्न

    पोखरा । पोखरा महानगर पालिका वडा न २० भलाममा सामाजिक अभियन्ता दिबङ्गत माधव प्रसाद पौडेलको स्मृतिमा स्थापित माधव प्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहिबार सम्पन्न भएको छ।

    images
    images
    images

    कार्यक्रमको जि .स .स. कास्की प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। सो अबशरमा प्रमुख पौडेलले माधब पौडेल एक कर्मशिल र इमान्दार शैक्षिक ,सामाजिक एबम राजनितीक ब्यक्तित्व भएको स्मरण गर्दै उहाँले पूर्याउनु भएको योगदान चिरकालसम्म स्मरणीय रहने बताउनु भयो।

    पौडेलले उहाँलाई एक आदर्श शिक्षक ,उत्कृष्ट सामाजिक अभियन्ता, आध्यात्मिक चिन्तक, इमान्दार राजनितिक ब्यक्तित्व र कास्कीबाट कम्युनिस्ट आन्दोलनको कुशल अगुवा र गर्व गर्न लायक ब्यक्तिको रूपमा चित्रित गर्नुभयो । सो अबसरमा प्रमुख अतिथी पौडेलले प्रतिष्ठानले प्रदान गर्ने उक्त वडाका विभिन्न बिधालयका बिद्यार्थिहरूलाइ छात्रवृत्ति समेत हस्तान्तरण गर्नुभएको थियो ।

    प्रतिष्ठानले उत्कृष्ट नतिजा हासिल गर्ने कक्षा ९ र १० मा अध्ययनरत ८ जना बिद्यार्थिहरूलाइ जनही नगद रू पाँच हजार छात्रवृत्ति र प्रमाणपत्र प्रदान गर्दै आइरहेको छ । यसरी छात्रवृत्ति प्राप्त गर्नेहरूमा महेन्द्र मा.बि. रयालेचौरका सबिना पौडेल र समीर भुजेल, हिमालय मा. बि .मौजाका रामकुमारी सुनार र प्रकाश गुरुङ, कालिका मा .बि .काहुका प्रतीक्षा आचार्य र समीर आचार्य, बिन्ध्यबासिनी मा .बि .बाटुलेचौरका अञ्जली राना र समित पौडेल रहनुभएको छ।

    कार्यक्रममा रेडक्रस कास्कीका जनस्वास्थ्य बिज्ञ कल्पना ज्ञवाली, कास्की रेडक्रसका कार्यसमिति सदस्य रमा त्रिपाठी, सो प्रतिष्ठानका बिशिस्ट सदस्यहरू बिष्णु बहादुर खत्री, भिम प्रसाद बास्तोला र कृष्ण प्रसाद पौडेल, बिन्ध्यबासिनी माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षासेबि शंकर गौतम, स्थानीय समाजसेवी चुडामणी गौतम, नेपाली काङ्ग्रेस पोखरा २० का अध्यक्ष कुल प्रसाद अधिकारी, ने क पा एमाले पोखरा २० का अध्यक्ष त्रिलोचन गौतम, लगायतले माधब प्रसाद पौडेलले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो।

    प्रतिष्ठानका अध्यक्ष रामजी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष इश्वरी प्रसाद पौडेल र संचालन सचिब हिम बहादुर बस्नेतले गर्नुभएको थियो। प्रतिष्ठानले त्रिदिवसिय रूपमा माधब स्मृति दिवस मनाएको थियो ।जस अनुसार बुधबार रक्तदान कार्यक्रम आयोजना गरि ४८ युनिट रगत संकलन गरिएको थियो ।

    त्यसैगरी बुधबार नै अन्तर बिधालय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा प्रथम स्थान कालिका मा.बि. काहु, दित्तिय स्थान बिन्ध्यबासिनी मा.बि. बाटुलेचौर र तृतीय स्थान महेन्द्र मा.बि. भलामले प्राप्त गर्न सफल भएका थिए। मंगलबार माधब स्मृति भवन परिसरमा सरसफाइ

    कार्यक्रम सम्पन्न भएको सो प्रतिष्ठानले जनाएको छ। तत्कालिन अबस्थामा विभिन्न स्कुलहरूको स्थापना संगै शिक्षण पेशामा आबद्ध माधब पौडेल समाजका विभिन्न क्षेत्रका सुधारक हुनुहुन्थ्यो ।

    बि. स. २००० सालमा कास्कीको साबिक भलाम गाउँ बिकास समितिमा जन्मनुभएका माधब प्रसाद पौडेल बि.स. २०४९ सालमा सोही गा.बि.स. को अध्यक्ष निर्बाचित भएर राजनीतिक र सामाजिक बिकासमा काम गर्दा गर्दै बि. स .२०५० सालमा ५० बर्षको अल्पायुमै निधन हुन पुगेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ