Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवा सुरु, एनएमबी बैंक र बुद्ध एयरबीच सहकार्य


ग्लोबल पाना
बिहीबार , असोज ४ २०८०
  • 510
    SHARES

  • images
    ‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवा सुरु, एनएमबी बैंक र बुद्ध एयरबीच सहकार्य

    काठमाडौं । एनएमबी बैंक र बुद्ध एयरबीच एक सहमतीसँगै ‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवा सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक समारोहका बीच उक्त सेवा औपचारिक रुपमा सुरुवात गरिएको हो । उक्त कार्ड सेवा एनमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । अब एनएमबि बैंक कार्ड होल्डरले बुद्ध एयरको विभिन्न सुविधाहरुमा छुट पाउने छन् । कहिलेकाँही कारणबश जहाज छुटेको बेला पनि टिकट क्यान्सिल निशुल्क रुपमा हुने बैंकले जानकारी दिएको छ ।

    images
    images
    images

    कार्ड सार्वजनिक गर्दै एनएमबि बैंक प्रमुख कार्यकारी अधिकृत केसीले भने, ‘बुद्ध एयर जस्तो पाइनियर विमान कम्पनीसँग एनएमबि बैंक जोडिन पाउदा खुशी लागेको छ ।’ केसीले नेपालको पर्यटन विकासमा बुद्ध एयरको महत्वपूर्ण योगदान रहेको बताए । उनले बुद्ध एयरसंग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । केसीले भने,-बुुद्ध एयर नेपालीले पनि गर्न सक्छ भन्ने उदाहरण स्थापित गरेको छ । हामीले पहिलो पटक बैंक बुद्ध सहकार्य गर्न पायौँ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बुद्ध एअरका प्रबन्ध निर्देशक विरेन्द्र बस्नेतले आफ्ना यात्रुलाई थप नयाँ सुविधा दिन पाएकोमा एनएमबि बैकलाई धन्यवाद दिए भने उनले बुद्ध एअर सञ्चालनको शुरुको चरणमा सञ्चालन पुँजी समेत जुटाइदिएको सम्झना गरेका थिए । 

    को-ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यकाभित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रागर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् । 

    एनएमबि बुद्घ भिसा डेबिट कार्डप्रयोेग गर्ने ग्राहकहरुलाई शतप्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्यविशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदानगरिएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ