Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आजको छलफलबाट सरकारले शिक्षकसँग वार्ता मिलाउँछः कानुनमन्त्री गुरुङ


ग्लोबल पाना
शुक्रबार, असोज ५ २०८०
  • 347
    SHARES

  • images
    आजको छलफलबाट सरकारले शिक्षकसँग वार्ता मिलाउँछः कानुनमन्त्री गुरुङ

    काठमाडौं । सरकारले आन्दोलित शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल शुरु गर्ने बताएको छ । शुक्रवार बिहान कार्यवाहक प्रधानमन्त्री पूणर्बहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका हुन् ।

    images
    images
    images

    छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताए । उनले आज छलफल निस्कर्षमा पुग्ने बताए ।

    उनले भने, ‘ शिक्षक साथीहरुका बुँदाहरुमा हामीले बुँदागत रुपमा नै बसेर छलफल गरेका छौँ । अब एकछिन पछि शिक्षक साथीहरुका प्रतिनिधिसँग बसेर अन्तिम टुंगो लगाउने छौँ । उहाँहरुले राखेका विषयमा हामीले हिजोदेखि नै छलफल गरेका छौँ । अब उहाँहरुसँग बसेर छलफल गरी टुंगो लगाउँछौँ । आज टुंगिन्छ ।’

    मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ । यसअघि बिहीवार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू बुधवार यता आन्दोलनमा छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ