Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आत्मज्ञान प्रचार संघ कास्कीद्वारा अन्तर्राष्ट्रिय शान्ति दिबस भब्यताका साथ सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असोज ५ २०८०
  • 1,615
    SHARES

  • images
    आत्मज्ञान प्रचार संघ कास्कीद्वारा अन्तर्राष्ट्रिय शान्ति दिबस भब्यताका साथ सम्पन्न

    कास्की । अन्तर्राष्ट्रिय शान्ति दिबसको अबसरमा Action For Peace (शान्तिको लागि प्रयास) भन्ने नारा सहित आत्मज्ञान प्रचार संघ कास्कीले कास्की जिल्लाका विभिन्न ठाउमा शान्तिपूर्ण रर्याली, शान्ति शन्देस भिडियो वर्कशप र स्वास्थ जाँच गरि २ दिने कार्यक्रम सप्पन्न गरेको छ।

    images
    images
    images

    संयुक्त रास्ट्र संघले (UNO) हरेक बर्ष सेप्टेम्बर २१ लाई अहिम्सा र युद्धबिरामको रुप्मा बिश्व शान्ति दिबसको (international Peace Day) घोषणा गरेको छ। यो अबसरमा सन्सार भरी विभिन्न कार्यक्रम गरि मनाइन्छ। त्यस्तै गरि नेपालमा आत्मज्ञान प्रचार संघ कास्कीले विभिन्न ठाउँमा शान्ति र्याली एबम शान्ति संदेश कार्यक्रम गरेको छ।

    received_1379896389283905.jpeg
    undefined

    सोही अबसरमा मानव सेवा आश्रम छोरेपाटनका ६५ जना महिलाहरु, मानव सेवा आश्रम हेम्जाका १०६ जना पुरुषहरु, जेष्ठ नागरिक राम्बाजारका ६५ जना जेष्ठ नागरिकललाइ अन्तर्राष्ट्रिय शान्ति दुत एवं गिनिज बुक अफ द वोर्ल्ड रेकर्ड होल्डर प्रेम रावातको विश्व प्रसिद्द शान्ति संदेश भिडियो कार्यक्रम देखाइएको आत्म ज्ञान प्रचार संघ कास्की सूचना केन्द्रका इन्चार्ज प्रतीक्षा पन्थीले बताइन।

    received_273667492154518.jpeg

    सोही अबसरमा मानव सेवा आश्रममा रहेका आश्रम बासि हरुको स्वास्थ चेकजाँच गरिएको अन्तर्राष्ट्रिय डाक्टर लक्ष्मी पन्थीले जानकारी दिइन। कार्यक्रम पछि रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्याप्टेन थम बहादुर थापाले प्रेम रावतको भिडियो कार्यक्रमबाट "शान्ति सम्भब छ, शान्ति हरेक ब्यक्तिबाट सुरु हुन्छ, जबसम्म हामी आफैंमा शान्ती हुदेनौ तब सम्म बाहिर शान्ति संभाव छैन भन्ने कुरा अन्त्यन्तै सान्दर्भिक रहेको र सम्पुर्ण जेष्ठ नागरिक हरुलाइ खुसी र शान्ति मिल्ने हुनाले प्रेम रावतकाे शान्ति शिक्षा कार्यक्रम नियामित रुप्मा सन्चालन गतिदिनु माग गर्दै आत्म धन्यवाद दिएका थिए।

    कार्यक्रमको उद्घोषण डाक्टर लक्ष्मी पन्थीले गरेकी थिइन भने, कार्यक्रम सम्योजक प्रतीक्षा पन्थी, नर्स सरिता आचार्य, दुर्गा चौरासिया, जुलि बर्न्वाल, नर्स सरिश्मा सापकाेटा र शान्ति थापाले कार्यक्रममा सहयोग गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ