Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेस्टको बार्षिक साधारण सभा गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने : जि.स.स. प्रमुख पौडेल


ग्लोबल पाना
शनिबार, असोज ६ २०८०
  • 291
    SHARES

  • images
    नेस्टको बार्षिक साधारण सभा  गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने : जि.स.स.  प्रमुख पौडेल

    पोखरा । सीप हस्तान्तरण सशक्तीकरण ( नेस्ट),पोखराको २१ औं बार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ। साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

    images
    images
    images

    पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रती थप जबाफदेही हुनुपर्ने बताउनुभयो। आफ्नो कार्यक्षेत्रप्रती स्पस्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसंग प्रभाबकारी समन्वय गर्न आग्रह गर्नुभयो।

    कमिकमजोरीहरू निराकरण गर्दै आफुहरूले गैरसरकारी संस्थाको सबलिकरणमा जिल्ला समन्वय समितिले खेल्ने भुमिका सधै सहयोगी हुने उल्लेख गर्नुभयो । कार्यक्रममा गैर सरकारी संस्था महा संघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी, पोखरा महानगर पालिका सामाजिक बिकास अधिकृत गीता न्यौपाने, पोखरा महानगरपालिका वडा न ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पबित्रा के. सि. लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    साधारण सभाले सूर्य प्रसाद न्यौपानेले पेश गर्नुभएको सचिबको प्रतिबेदन र संजय सुबेदीले पेश गर्नुभएको कोषाध्यक्षको प्रतिबेदन सर्बसम्मत रूपले पारित गरेको थियो। संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सूर्य प्रसाद न्यौपानेले गर्नु भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ