Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सभामुख देबराज घिमिरे आज स्वदेश फर्किँदै


ग्लोबल पाना
आइतबार, असोज ७ २०८०
  • 254
    SHARES

  • images
    सभामुख देबराज घिमिरे आज स्वदेश फर्किँदै

    काठमाडौं। सभामुख देबराज घिमिरे आज स्वदेश फर्किँदैछन्। एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर आज बिहान स्वदेश फर्किन लागेका हुन्।

    images
    images
    images

    सभामुखको सचिवालयका अनुसार आइतबार बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट सभामुख घिमिरे स्वदेश फर्किन लागेका हुन्। सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफनो भ्रमणका उपलब्धीका बारेमा जानकारी गराउने छन्।

    भ्रमणको अन्तिम दिनमा सभामुख घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका थिए। राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए।

    सो भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए।

    ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नु भएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने। उनले त्यहाँका सभामुख, मन्त्रीहरूलगायतसँग भेटबार्ता तथा संसदको अवलोकन गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ