Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राससका कार्यकारी अध्यक्ष झा राष्ट्रपतिबाट सम्मानित


ग्लोबल पाना
आइतबार, असोज ७ २०८०
  • 286
    SHARES

  • images
    राससका कार्यकारी अध्यक्ष झा राष्ट्रपतिबाट सम्मानित

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई सम्मान गरेका छन् । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले कार्यकारी अध्यक्ष झासहित पत्रकारहरु कृष्ण अधिकारी, विजय चालिसे, कुलचन्द्र वाग्ले, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्कीलाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    त्यस्तै, यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई तथा प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई प्रदान गरिएको छ । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकारद्वय सागर पण्डित र चूँडामणि भट्टराईलाई तथा प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीलाई प्रदान गरेका थिए ।

    प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई दिइएको छ । पत्रकारहरू विमल ज्ञवाली, जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले प्राप्त गरेका छन् ।

    सरकारका प्रवक्ता शर्माले पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदिश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता प्रदान गरेका थिए ।

    प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार पत्रकार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्कालाई दिइएको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकीले प्राप्त गरेका छन् ।

    त्यस्तै, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई दिइएको छ । प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुराँस द्वैमासिकका खिमानन्द पोखरेलले पाएका छन् भने प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाका आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीलाई प्रदान गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ