Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानसेनापति शर्मा भारत प्रस्थान


ग्लोबल पाना
आइतबार, असोज ७ २०८०
  • 321
    SHARES

  • images
    प्रधानसेनापति शर्मा भारत प्रस्थान

    काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३औं संस्करणको ‘इण्डो-प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी आइतबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

    images
    images
    images

    सम्मेलनका क्रममा आयोजना हुने ४७औं इन्डो-प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी छन्। भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहको निर्देशनालयले जनाएको छ।

    भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्किने छ। नियमितरूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रका सैन्य संगठनहरूका बीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ।

    साथै मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने जनाएको छ। सम्मेलनमा ३० भन्दा बढी देशका प्रधानसेनापतिको सहभागीता रहने छ। सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ