Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जि.स.स. प्रमुख पौडेलद्वारा स्थानिय तहहरूलाइ बिकासमै अर्जुन दृष्टि लगाउन आग्रह


ग्लोबल पाना
आइतबार, असोज ७ २०८०
  • 737
    SHARES

  • images
    जि.स.स. प्रमुख पौडेलद्वारा स्थानिय  तहहरूलाइ बिकासमै अर्जुन दृष्टि लगाउन आग्रह

    पोखरा । जिल्ला समन्वय समिति जिल्ला समन्वय समिति कास्कीद्वारा स्थानीय तहहरूको बार्षिक समिक्षा सम्पन्न भएको छ। समापनका अबसरमा कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी कास्कीका बिकास आयोजनामा हुन सक्ने कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न समिक्षा फलदायी भएको बताउनु भयो। पौडेलले जनताको एक मात्रै चाहना बिकास भएको र त्यसमै अर्जुन दृष्टि लगाउन आग्रह गर्नुभयो ।

    images
    images
    images

    कतिपय कार्यालयमा बिकास बजेट पूर्ण रूपमा खर्च हुन नसकी आयोजनाको प्रभाबकारिता कम भएको तर्फ चालू आर्थिक बर्षमा सबैको ध्यान पुग्नु पर्ने र गत बर्षका कमजोरी फेरि नदोहोर्‍याउने गरि काम गर्न आग्रह गर्नुभयो। पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९-८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०-८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको समापन गर्दै बताउनुभएको हो।

    पौडेलले योजना निर्धारित समयमा सम्पन्न गर्न देखिएका नितिगत समस्या निराकरणमा पहल गर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउने उल्लेख गर्नु भयो। जो जहाँ छौ उहिबाट समृद्धिको अभियानको सारथि बनौं ।बिकास सबैका लागि भएको हुँदा पछिल्लो समय बिकासमा जस लिने होडबाजी र अनेकन बहानामा देखिने बिभाजित मानसिकता बिकासको मुख्य बाधक भएको हुँदा यसको निराकरणको लागि साझा धारणा निर्माण आजको टड्कारो आबश्यकता देखिन्छ उहाँले उल्लेख गर्नुभयो ।

    प्रमुख पौडेलले बिकास र बिषयगत सहित संघ ,प्रादेशिक र स्थानिय तहबिच देखिएका केही मतभेद समेत बिकासमा अप्ठ्याराका रूपमा देखिएको उल्लेख गर्दै कतिपय बिषय नितिगत रूपमा नै सम्बोधन गर्नुपर्ने देखिएको बताउनुभयो । कार्यालय उल्लेख गर्नुभयो। उहाँले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गर्नुभयो।

    सो अबसरमा स्थानिय तह सहित सरोकारवाला कास्कीका कार्यालयहरूले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो। आइतबार कास्कीका पाँचवटा पालिका सहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ( एक्याप ), जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय ,पशु सेवा बिज्ञ केन्द्र लगायतका कार्यालयले समिक्षा प्रतिबेदन प्रस्तुत गरेका थिए।

    यसअघि संघ सरकार र प्रदेश सरकार मातहतका बिकासे र बिषयगत कार्यालयहरूको समिक्षा सम्पन्न भैसकेका छन। जि.स.स.कास्कीले बार्षिक कार्ययोजना निर्माण गरेर सोही मुताबिक आयोजना गरेको उक्त समिक्षा कार्यक्रम तिनदिन सम्म संचालन भएको थियो। समिक्षा कार्यक्रममा कास्कीका पाँचवटा पालिकाका प्रमुख ,उप प्रमुख सहित प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।

    प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ