Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

MBBS अध्ययनरत देवकोटाको पहिलो सांगीतिक कोशेली 'मुसुक्क मिठो हाँसो मायाकाे' लोक गीत सार्वजनिक


ग्लोबल पाना
आइतबार, असोज ७ २०८०
  • 581
    SHARES

  • images
    MBBS अध्ययनरत देवकोटाको पहिलो सांगीतिक कोशेली 'मुसुक्क मिठो हाँसो मायाकाे' लोक गीत सार्वजनिक

    काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा आधिकारिक रुपमा पहिलो पाइला चालेका नव गायक/सर्जक निराजन देवकोटाको लोकदोहोरी गीत ’मुसुक्क मिठो हाँसो मायाको…’ रिलिज भएको छ ।

    images
    images
    images

    KIST Medical College and Teaching Hospital, ललितपुरमा MBBS अध्ययरत उनी गीत संगीतप्रती पनि विशेष रुचि राख्ने गर्छन् । गित रिलिज सगैँ चर्चाको शिखरमा समेत पुगेको छ ।

    गितमा लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक निराजन देवकोटाको आवाज रहेको छ भने देवकोटाकै लय तथा शब्दमा गित तयार भएको छ ।

    उक्त गीतलाई 'Nirajan Devkota' नामक युटुब च्यानल मार्फत आइतबार अपरान्ह ४ बजे रिलिज गरिएको हो । गितको भिडियोमा लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको छ ।

    वरिष्ठ म्युजिक भिडियो निर्देशक कुमार केसीद्वारा निर्देशित भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

    एक प्रेमिल जोडीले एक आपसमा मुस्कानलाई प्रतीक मान्दै प्रसंसा गरेको भावलाई रमाईलो किसिमले सर्जक देवकोटाले गीतमा प्रस्तुत गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ