Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘परदेशी २’को टिम, केकी भन्छिन्, फिल्मले मौलिक कथामा अभिनय गर्ने रहर पूरा गरिदियो


ग्लोबल पाना
सोमबार, असोज ८ २०८०
  • 295
    SHARES

  • images
    ‘परदेशी २’को टिम, केकी भन्छिन्, फिल्मले मौलिक कथामा अभिनय गर्ने रहर पूरा गरिदियो

    काठमाडौं। असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ।निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिम दुई दिनदेखि नेपालगञ्जमा छ।

    images
    images
    images

    शनिवार नेपालगञ्ज पुगेर त्यहाँका फिल्म हलहरु भिजिट गरेको टिमले आइतवार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो। त्यसक्रममा बोल्दै अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए।

    फिल्ममा अभिनय गर्ने तयारी हुँदै गर्दा आफूमा जुन उत्साह थियो अहिले पनि त्यही उत्साह रहेको उनले बताए। ‘जब मैले यो फिल्म गर्ने निणर्य गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा-परिचर्चा थिएन्’ साक्षात्कारमा प्रकाशले भने, ‘त्यो सुरुवातमा फिल्म गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’ उनले पहिलो फिल्म भएकोले उत्साहसँगै थोरै डर पनि भएको प्रकाशले सुनाए।

    अभिनेत्री केकीले ‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको बताइन्। मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको उनको भनाइ थियो। ‘यो फिल्मले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो। परदेशी २ हामी सबैको कथा समेटिएको फिल्म हो। त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु’ केकीले भनिन् ‘प्रकाश सपूतजिको पहिलो फिल्म हो यो। उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु। नारायण रायमाझी सरका अन्य फिल्महरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो।’

     

    फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए। ‘नेपालगन्जमा मेरा अघिल्ला फिल्महरु राम्रो चलेका थिए’, उनले भने, ‘अहिलेको फिल्मलाई पनि देशभर लगायत नेपालगन्जमा पनि दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु।’

    उनले ‘परदेशी २’को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको उनले बताए। उनले भने, ‘मेरा कथाहरुमा समाजको यथार्थता उतार्ने कोशिस गरेको हुन्छु। यो फिल्ममा पनि हाम्रै कथा उठान गरिएको छ।’

    साक्षात्कार पछि ‘परदेशी २’ टिमले फिल्मको कथासार बुझाउने ड्रामा समेत प्रस्तुत गरेको थियो। फिल्मको टिमले आइतबार नै नेपालगन्जका जिभिएन कलेज र यूनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग साक्षात्कार गरेको थियो। पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी भएका थिए।

    निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि फिल्मको टिम बुटवल फर्किने योजना छ। बुटवलपछि पोखरा हुँदै फिल्मको टिम काठमाडौं फर्किनेछ।

    राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।

    मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ