काठमाडौं। नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार कृषि, पूर्वाधार, विद्युतलगायतका १३ वटा परियोजनामा हस्ताक्षर भएको छ। सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्ति मार्फत गराइने सचिवालयले जनाएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


